राजेश हमालसँग मख्ख नीता

काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक भएको छ । गीतमा आचार्यलाई कुलेन्द्र विश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठासपूर्ण गीतमा प्रल्हाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।