धरानमा एउटा यस्तो प्रेम कहानीको विशेष शो

धरान । कोरोना महामारीले बन्द फिल्म हल खुले पनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभईरहेको अवस्थामा एक्शन किङ अभिनेता शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को धरानमा विशेष शो हुने भएको छ । लायन्स क्लब अफ धरान, पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिनेप्लेक्समा एउटा स्पेशल शो राखेको छ ।

साँझ ५ः३० बजेको स्पेशल शोमा स्वयं अभिनेता शिव श्रेष्ठको समेत विशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ । शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी श्रेष्ठ, मिथिला शर्मा, राजाराम पौडेल, बसुन्धरा भुषाल, बिष्णु चेम्जोङ्ग, रेखा फागो, सन्जोग कोइराला, प्रभु श्रेष्ठको अभिनय छ ।

फिल्मबाट अभिनेता शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यू गर्दैछन् । त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश न.१का अध्यक्ष अरुणकुमार प्रधानले समेत अभिनेता शिव श्रेष्ठसँगै शुक्रबार इटहरी र धरानका दर्शकहरुबीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन् । विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेको छ ।