को को बने तीज म्यूजिक र सर्ट फेष्टाको विजेता ?

काठमाडौ । बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछवि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाडौ सर्टफिल्म फेष्टा औपचारिक रुपमा सम्पन्न भएको छ । तीज पर्व अन्र्तगतको छायाँछवि तीज गीत म्युजिक अवार्ड संगीतकर्मी र कलाकर्मीले कोरोना कहर र सन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यसपर्वको महत्वमाथी आ–आफ्नो तरिकाले योगदान पुर्याएकाले पनि हौसला र योगदानको कदर स्वरुप अवार्ड रोक्न नहुने महशुस गरेर सबैको स्वस्थ्य सुरक्षाको ख्याल गर्दै पहिलेनै सर्बोत्कृट घोषणा गरिएको थियो ।

सरकारले गत आईतबार देखी औपचारिक रुपमा कार्यक्रम स्थलहरु खुल्ला गरिएको बताएपछि कार्यक्रमहरुले औपचारिकता पाएका छन् । कोरोनाका कारण रोकिएका छायाँछवि क्रियशनका कार्यक्रमहरु क्रमशः तिज म्युजिक अवार्ड र काठमाण्डौ सर्ट फिल्म फेष्टाका ट्रफि र प्रमाणपत्रहरु प्रदान कार्यक्रम सम्पन्न भएको हो । आज ठमेलको एसिई लाउन्ज एण्ड बारमा एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण विजेता श्रष्टा तथा सर्जकहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

बिभिन्न ३३ बिधामा प्रदान गरिएकोे यस बर्षको अवार्ड समारोहमा विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरि विश्वकिर्तिमानी राख्न सफल चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार कमला जोशी, पुष्कर नेपाल, गायक पुर्ण बहादुर राईलाई छायाँछवि किर्तिमानी सम्मान २०७७ बाट सम्मानित गरिएको छ भने लक्ष्मी बस्नेत र राजन थापालाई समाज सेवा सम्मान र पत्रकार राधिका अधिकारीलाई नारी रंगपत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।

छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षेत्री, प्राज्ञ ज्योती वि.क., अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । तीज म्यूजिक अवार्डको संयोजक गीता अधिकारी रहेकी थिईन भने राम ढकाल, दिपक थापा लगायत आयोजक समितिमा रहेका थिए । पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।

साथै पाचौं काठमाण्डौ सर्टफिल्म फेष्टाका लागि आज देखिनै आवेदन खोलिएको पनि यसै कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
अवार्ड विजेताहरु यसप्रकार छन् ः
उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारीः ढाकाको चोलीमा
उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेलः आयो तीज
उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौतमः विधुवा
उत्कृष्ट तीज गीत नव गायिका
सरीता भारतीः रातो सारी लरक्कै
उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्माः बरी लै माईतीको आगन
उत्कृष्ट तीज गीत सम्पादक
वीरेन्द्र भाट विपिनः सम्झायो माइतिघर
उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाईः रातो रातो सारी
उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मीः चट्टटै माया फरर
उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेलः रातो रातो सारी
उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी.ः पीर नभाको
उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्यालः हाम्री संगीनी
उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्काः बुहारी –३
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेलः सुरक्षित तीज
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगरः बुट्टा भरेको
युगल तीज गीत
सुजाता के.सी.÷रोजी श्रेष्ठः सलहका बगाल
तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला÷सुशीला थापा ः नाचौं न नाचौं न
उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्मस् ः नक्कले भिनाजु –४
उत्कृष्ट तीज गीत कम्पनी
एस. थ्रि. के. इन्टटेनमेन्टः चेलीको बेदना
उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारीः आयो तीज
उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेयः सुरक्षित तीज
उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटाः भेल्वेटको चोली
उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठः नाच्न आकी छु
उत्कृष्ट तीज गीत लय
योगेश काजीः बजाउँदै चुरा
उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्काः सलह किराले
उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानुः बुहारी–३
उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापाः यसपाली तीजैमा
उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्सालः पातली –२, ऐना हेरी हेरी
उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउनेः यस्तो बनोस् मेरो तीज
जुरी अवार्ड (तिज गीत गायिका)
सञ्जु लम्सालः हाम्री संगिनी
जुरी अवार्ड (तीज मौलिक गीत यसगल मोडल)
सुशिला थापाः सलहका बगाल
जुरी अवार्ड (तीज गीत भिडियो निर्देशक)
सुर्य चन्दः छम् छम् बजाउँदै चुरा
पब्लिक च्वाईस अवार्ड (तीज दोहोरी गीत भिडियो निर्देशक)
देवेन्द्र कुवरः बिधुवा
पब्लिक च्वाइस अवार्ड (तिज दोहोरी गायिका)
सिर्जना खत्री हाउडेमायाः छड्के तीलहरी
इनकरेजमेन्ट अवार्ड (उत्कृष्ट तीज दोहोरी गीत गायक)
कमल बी.सी.ः लुती (साडी सुतीको)
सामाजिक सन्देशमूलक गीत
गरीमा ज्ञवालीः सुरक्षित तीज
उत्कृष्ट मोफसल तीज गीत
श्री नगर फिल्मस् ः कोरोना र लकडाउन
काठमाण्डु शर्टफिल्म फेष्टा

दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट डकुमेन्ट्रीः रोशनी के.सी. – तीज
दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट शर्ट फिल्मः बी.बी. फुयाल – रक्तभोग
तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट वायोपिक डकुमेन्ट्री ः मनिष पन्थ – नरसिंह
तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट डकुमेन्ट्रीः विकाश घले गुरुङ – कोरियोग्राफि नेपाल
तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट शर्ट फिल्मः संजय पाण्डे – प्रेम दिवस
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्डः पनाह अधिकारी – आमा (शर्ट फिल्म)
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्डः हेम प्रभाष – द मास्क (शर्ट फिल्म)
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
पब्लिक च्वाइस अवार्डः दीपक थापा – श्री गुप्तेश्वर महादेव गुफा (डकुमेन्ट्री)
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
जुरी अवार्डः परिच्छेद शेन – मदर (शर्ट फिल्म)
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट कन्सेप्ट÷स्कृप्टः मिम बहादुर बस्नेत – हलो (शर्ट फिल्म)
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट वायोपिक डकुमेन्ट्रीः शेखर खनाल – द स्याडो अफ एभरेष्ट
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट डकुमेन्ट्रीः दयाराम घिमिरे – जोगी
चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट शर्ट फिल्मः सुभाष गजुरेल – मधुमालतीको कथा