ठकुरीको तीनपानेमा अविनाश र अनिता

काठमाडौं । गायक अविनाश ठकुरीको ‘तीनपाने’ गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियोमा मरुभुमि नारायणको छायांकन रहेको छ ।

क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् । अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।