चैत्र २७ मा खुल्दै पुष्प र वर्षाको मनसँग मन

काठमाडौं । आगामी चैत्र २७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘मनसँग मन’को पहिलो गीत ‘मेरो त भाग्य’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ ।

भिडियोमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र वर्षा शिवाकोटीसहित अतिथी कलाकारहरु पल शाह, पूजा शर्मा, बुद्धि तामाङ र रवीन्द्र झा फिचर्ड छन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन छ ।

फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्दि तामाङलगायतका कलाकारको अभिनय छ । कैलाश राईको निर्देशनमा बनेको फिल्ममा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।