दिलमा फोटोमा नाजिर र उषाको लुकिछिपी माया

काठमाडौं । छायांकार सुदीप बरालको निर्देशन रहेको भिडियो ‘दिलमा फोटो’को भिडियो सार्वजनिक भएको छ । आरबी सिर्जन र मेलिना गुरुङको स्वर रहेको गीतमा वसन्त सापकोटाको शव्द र संगीत रहेको छ ।

भिडियोमा नाजिर हुसेन र उषा उप्रेती फिचर्ड छन् । रविन न्यौपानेको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रोडक्सन रहेको छ । गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ ।