एक लभरमा साहिल कस्ता लभर ?

काठमाडौं । राम्रो इन्टरटेनटमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक भएको छ । फिल्मले नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ ।

रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको आधा घण्टाको फिल्म एक महिनाको लामो समयमा खिचिएको हो । फिल्म खिचिएको तीन महिना पछि यसको विश्वप्रिमियर गरिएको हो ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयार भएको फिल्ममा साहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ । राम्रो इन्टरटेनमेन्टको सह–निर्माता रहेको फिल्मका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् ।

फिल्ममा सन्दिप रसाइलीको शब्द तथा संगीत,असिम केसीको स्वर, एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, वसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप छ । फिल्म वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको फिल्ममा संकल्प भुजेलको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठले सम्पादन छ ।