मिस्टर एन्ड मिस रौनियार २०२१ को तयारी

काठमाडौं । कोरोनाको संक्रमण कम भएपछि विभिन्न अवार्ड तथा व्युटी पेजेन्टको चहलपहल बढिरहेको बेला ‘मिस्टर एन्ड मिस रौनियार–२०२१’ हुने भएको छ । यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार र गुप्ता समुदायका युवायुवतीको उमेर १६ देखि २८ वर्ष भित्रको हुने पर्ने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा काठमाडौंबाट भाग लिन चाहनेले १७ माघसम्म फारम भरिसक्नु पर्नेछ ।

एमी इन्टरटेन्मेन्टका अध्यक्ष एमी(राजन) रौनियारका अनुसार यो दोश्रो संस्करण हो । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरुको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको राजनले बताए ।

यो प्रतियोगिताको लागि ३ माघमा जनकपुर, १० माघमा वीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको पनि कार्यक्रम व्यबस्थापक रौनियारले पत्रकार भेटघाटका क्रममा जानकारी गराईन् । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन भने फाईनल इभेन्ट फागुनको तेश्रो साता काठमाडौंमा हुनेछ ।

मिस्टर एन्ड मिस रौनियारको विजेताले विभिन्न उपाधि, पुरस्कार सहित म्युजिक भिडियो, बिज्ञापनमा मोडलिङ लगायत अन्य अबसर प्राप्त गर्ने पनि पत्रकार भेटघाटका क्रममा बताईयो । यो प्रतियोगितामा गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए ।