अचेल मायाकोमा निर्मल

काठमाडौं । गायक निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ को भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दीप डंगोलको शब्द तथा संगीत रहेको गायक नविन के भट्टराईको संगीत संयोजन रहेको छ ।

भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेत फिचर्ड छन् । राजीव थापा र मिलन तामाङको छायांकन रहेको भिडियोमा रितेशजंग क्षेत्री र विशाल लामाको सम्पादन छ । भिडियोको निर्देशक मन्दिप बखुंचे हुन् ।

गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युट्युबमार्फत हेर्न सकिन्छ भने संसारभरका स्ट्रिमिंग प्लेटफार्मबाट सुन्न सकिने जानकारी गायकले दिएका छन् ।