अभिनेता महेशविरुद्ध उजुरी

मुम्बर्य(एजेन्सी) । महाराष्ट्रको पुणेमा एक व्यक्तिले फिल्म निर्माता तथा अभिनेता महेश मांजरेकरका विरुद्ध उजुरी दर्ता गराएका छन् । उनले महेशले आफूमाथि थप्पड हानेको र अपशब्द प्रयोग गरेको आरोप लगाएका छन् । उजुरीकर्ताका अनुसार उनको कार महेशको कारसँग ठोक्किएको थियो । त्यहीकारण महेशले आफूमाथि थप्पड हान्दै अपशब्द प्रयोग गरेको उनको दाबी छ ।

यावत प्रहरी थानाका एक अधिकारीले यो घटना शुक्रबार राती पुणे–सोलापुर राजमार्गको यावत गाउँ नजिक भएको बताए । त्यसपछि प्रहरीले महेशका विरुद्ध भारतीय दण्ड संहिताको प्रासंगिक धारा अनुसार मामला दर्ता गराएका थिए । उजुरीकर्ता कैलाश सतपुतेका अनुसार महेशले अचानक ब्रेक लगाएपछि उनको कार अभिनेताको कार पछाडि ठोक्किएको थियो ।

राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्देशक महेशले ‘वास्तव’ र ‘अस्तित्व’ जस्ता कैयौं लोकप्रिय हिन्दी फिल्मको निर्देशन गरेका थिए ।