एलिनासँग निशानको ओइ प्यारी

काठमाडौं । गीतकार अनिश घिमिरेको शब्दमा नयाँ गीत ‘ओई प्यारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर छ ।

गायिका एलिना चौहानकै युट्युवबाट सार्वजनिक भएको गीतमा युवा संगीतकार अनिल विरहीले संगीत दिएका छन् । रुमाल चिनो छ, सुन्दर नेपाल ,चाँदनी, इलाम बजार, हाँस्य खोजे जस्ता सयौँ गीतमा संगीत भरेका अनिलको यो पछिल्लो सार्वजनिक भएको गीत हो । गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।

भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायांकन छ ।