साथीको श्रीमतिसँग डेटमा छन् इमरान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानका भान्जा इमरान खानले अभिनय छोड्ने चर्चा भइरहँदा अर्को तर्फ उनको व्यक्तिगत जीवनको नयाँ कुराले पनि चर्चामा छन् । केही दिन अघि इमरान र उनका पति अवन्तिका मकिले आफूहरुको सम्बन्धविच्छेद भएको खबर सार्वजनिक गरेर सबैलाई चकित तुल्याए । यद्यपि उनीहरुले के कारणले अलग्गिन खोजको केही बताउन चाहेनन् ।

समाचार अनुसार इमरान पछिल्लो समयमा लेखा वासिङटनसँग नजिकिएका छन् । ‘इमरान र लेखा पछिल्लो केही समयदेखि एकअर्कासँग नजिकिएका छन् । लेखाका पति पाब्लो चटर्जी र इमरान मिल्ने साथी थिएन । तर दुईबीच कहिले प्रेम भयो, त्यो कसैलाई थाहा छैन’, प्रत्यक्षदर्शीले भनेका छन् ।

अवन्तिकाले इमरानको घर छोडेपछि इमरानले लेखालाई आफ्नो साथीसँग भेटाउन थालिसकेका थिए । जसकारण लेखाको विवाह सम्बन्ध टुट्ने अवस्था आएको छ । इमरानले लेखालाई भेट्नका लागि आफ्नो घर नजिकैको कुनै एक घर भाडामा पनि लिएका छन् । ‘लेखा प्रायः इमरानको नयाँ बिल्डिङमा आउदैजाँदै गरेको देखिन्छ । इमरान आफ्नो सम्बन्धविच्छेदको निर्णयलाई पर्खिरहेका छन् । यसपछि उनी नयाँ सम्बन्धलाई लिएर खुलेर विचार व्यक्त गर्नेछन्’, एक छिमेकीले भनेका छन् ।

लामो समयको डेटपछि इमरान र अवन्तिका सन् २०११ मा वैवाहिक जीवनबा बाँधिएका थिए । यसपछि सन् २०१४ मा उनीहरुको एक छोरीको जन्म भएको थियो । इमरानले सन् २००८ मा फिल्म ‘जाने तु या जाने न’बाट अभिनयमा डेब्यू गरेका थिए । यसपछि उनी फिल्म ‘किड्न्याप’, ‘लक’, ‘देली बेली’, ‘आई हेट लव स्टोरी’मा देखिए ।