बुनुले ल्याइन् लहरोस चन्द्र सूर्य झण्डा

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘लहरोस चन्द्र सुर्य झण्डा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ ।गीतमा साहस शाक्यको एरेन्ज छ ।

देशप्रेमले भरिपूर्ण गीतमा गायिका बुनु श्रेष्ठ नै फिचर्ड छिन् । गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताइन् ।

अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोमा गायिका बुनु श्रेष्ठकै निर्देशन छ । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।