पल बने ३६५ भेन्टेज डेनिमको ब्राण्ड एम्बेसडर

काठमाडौ । अभिनेता पल शाह ३६५ भेन्टेज डेनिम क्लोथिङको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । ३६५ भेन्टेज डेनिम ब्राण्ड र अभिनेता पलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पलले आफ्नो अफिसियल फेसबुक पेजबाट पनि यो कुराको जानकारी दिएका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पलले ३६५ क्लोथिङको ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट ब्राण्डको प्रमोसनका लागि शतप्रतिशत साथ दिने बताए ।

३६५ नेपालका प्रमुख विनोद श्रेष्ठले ३६५ को मुख्य विशेषता बजारमा आउने सामान भन्दा गुणस्तरिय र कम मूल्यमा दिने भएकाले ब्राण्डसँग पल जोडिँदा आफ्ना ग्राहकहरुको विश्वास अझ बढ्ने बताए । ३६५ भेन्टेज डेनिम इन्टरनेशनल कपडाको ब्राण्ड हो ।