उत्तमको संगीतमा रचना र भविनको आँखा झिमिक्क

धरान । गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा रहेको नयाँ गीत ‘आँखा झिमिक्क कति धेरै राम्री हो’ को भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ ।

कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो । रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए ।

कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन् ।