क्लब प्लाटिनममा गुञ्जिँदै सबिन

काठमाडौं । काठमाडौको दरबारमार्गमा आगामी फेब्रुअरी ५ देखि क्लब प्लाटिनम संचालनमा आउँदैछ । क्लब संचालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुती दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली यूवायूवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतीमा दर्शक झुम्ने आशा संचालकको छ ।

क्लब प्लाटिनम कोरोना महामारी अगाडि पनि सामान्य ढंगले संचालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका संचालकले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।

नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ । नेपालमा क्लब कल्चर विकास हुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा राम्रै प्रतिस्पर्धा दिन सक्ने विश्वास गरिएको छ ।