नबोली जित्छौ तिमीमा नरेश र करुणा

काठमाडौं । गायक कुमार दवाडीको स्वरमा रहेको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन् । भिडियोले दरवार बाहिरकी रानीको कथा बोल्छ ।

गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दिपक भट्टराइको सहकार्यमा यस अघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन् । गायक दवाडीको सोलो एल्बम छिट्टै सार्वजनिक गर्ने पनि तयारी रहेको छ । गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।