खेम र जुनामा को अभागी ?

काठमाडौं । गायक कुशल बेलबासे र गायिका सुनितामी परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङ फिचर्ड छन् ।

डा. शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको भिडियोमा विनोद भण्डारीको निर्देशन छ । मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई गीतमा समेटिएको छ । २०६५ सालमा ‘घामजस्तो चम्किलो जुन हुँदैन’ पछिका डा. सुबेदीका गीत प्रायः लोकप्रिय बनेका छन् ।

शिव सुबेदी नामक युट्युब च्यानलबाट आएको गीतलाई गुल्मी जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नविन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नविन आफैमा पनि गायक हुन् । उनका ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीत बजारमा आइसकेका छन् ।