मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर सिंहको मूल्य हरेक वर्ष बढ्दै गएको छ । आफ्नो समयको सबैभन्दा कम उमेरका यी अभिनेताको मूल्य कोरोना महामारीको समयमा पनि बढेको छ । यो एउटा यस्तो सफलता हो, जुन सायद कसैले यो वर्ष पाएका होलान् । उनको सम्झौताको मूल्य अनुपात ७ देखि १२ करोड भएको छ । रणवीरले यो महामारीको समयमा नौ वटा नयाँ ब्राण्डसँग हात मिलाएका छन् । योसँगै उनको अब ब्राण्ड संख्या ३४ पुगेको छ ।
महामारीका दौरान उनको सम्पर्कमा टेलिकम, निर्माण क्षेत्र, शिक्षा, स्वास्थ्य, सेनेटरी वेयर, पर्यटन, खेलकुद र फ्यान इन्गेजमेन्ट कम्पनी आएका छन् । सामाजिक सन्जालमा उनका फ्यान पनि राम्रो संख्यामा छ । उनको फ्यान क्लब विश्वभरका ६५ देखि ७० वटा देशमा छन् । उनको इन्स्टाग्राममा ३४ दशमलब ७ मिलियन फलोअर छन् । यही कारण कैयौं ब्राण्ड र कम्पनी उनीसँग आकर्षित भइरहेका छन् ।
रणवीरसँग जोडिएका यसअघिका ब्राण्डले पनि कोभिड भन्दा अघिकै मूल्यमा उनीसँग सम्झौता नविकरण गरेका छन् ।