अजय अब असल डन

मुम्बई(एजेन्सी) । ‘हम दिल दे चुके सनम’ जस्तो ब्लकबस्टर फिल्मपछि अजय देवगन र निर्देशक सञ्जय लीला भन्सालीबीच एक विशेष किसिमको बन्ड बन्यो । जुन बन्ड हालसम्म पनि चलिरहेको छ । सन् २०१५ मा भन्साली र अजय ‘बाजीराव मस्तानी’मा पुनः एकपटक काम गर्ने तयारीमा थिए । तर त्यो हुन सकेन । यो फिल्मका लागि सञ्जयलाई सबैभन्दा पहिला अजयलाई प्रस्ताव गरेका थिए । तर अजयले आफ्नो फिल्म ‘तान्हाजी’का कारण यो फिल्ममा काम गर्न पाएनन् ।

तर अब अजय र सञ्जय अभिनेत्री आलिया भट्टको अभिनय रहेको फिल्म ‘गंगूबाई काठियावाडी’का लागि एक भएका छन् । जब भन्सालीले अजयसँग फिल्ममा विशेष केमियो गर्नका लागि आग्रह गरे, त्यो आग्रहलाई अजयले अस्वीकार गर्न सकेनन् ।

समाचार अनुसार फिल्ममा अजय एक असल जीवनको अन्डरवल्ड डन हुनेछन् । फिल्ममा उनको भूमिका छोटो भए पनि दमदार रहेको फिल्म स्रोतको भनाई छ ।