तिमी छौ रमा पल र कविता

काठमाडौं । गायक कमल खत्री र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी छौ र’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीकै शब्द तथा संगीत र रिकेश गुरुङको एरेन्ज छ ।

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा पल शाह र कविता राय फिचर्ड छन् । कविताले छायांकनरत फिल्म ‘चोर र पुलिस’मा नायिकाका रुपमा अभियन गरिरहेकी छन् ।

गायक कमलकै युट्युब च्यानल कमल खत्रीबाट सार्वजनिक गरिएको गीतको भिडियोमा हरि हुमागाईंको निर्देशक, उत्तम हुमागाईंको छायांकन, हरि हुमागाईं र रमेश थापाको सम्पादन छ ।