ध्रुव र पार्वतीको आज हाम्रो बिहे वर्षगाठ

काठमाडौं । गायक ध्रुव विश्को र गायिका पार्वती बुढाथोकीको स्वरमा रहेको विवाह वर्षगाठ सम्बन्धी गीत ‘आज हाम्रो बिहे वर्षगाठ’को भिडियो सार्वजनिक भएको छ । गीतमा पार्वतीकै शब्द र संगीत रहेको छ ।

नारायण रिजालको निर्देशन रहेको भिडियोमा रोशन बुढाथोकी र प्रतिज्ञा भण्डारीसँगै पार्वती, प्रियाराम बुढाथोकी तथा बालकलाकार आस्तिक रिजाल र सिंचन केसी फिचर्ड छन् ।

शिव कैलाश मन्दिरको निर्माण रहेको भिडियोमा राहुल राईको छायांकन, नरेश खरेलको श्रृंगार तथा कृष्ण नेपालीको कला निर्देशन छ ।