दीपकसहित तीनलाई फेसन सम्मान

काठमाडौँ । नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दीपक न्यौपाने सम्मानित भएका छन् । आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गरेका हुन् ।

नेपालमै पहिलो पटक फेसन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो ।

सम्मानले आफुलाई नेपालमा फेसन र यस क्षेत्रको विसकाका लागि थप हौसला प्रदान गरेको न्यौपानेले बताए । कार्यक्रममा फेसन इन्फ्लुएसर अवार्डबाट पोशाक महासंघका अध्यक्ष नविन लुइटेल र फेसन डिजाइनर प्रेम शंकर देवसमेत सम्मानित भएका थिए ।