दुरी मजबुरीमा सुधीर र अशु

काठमाडौ । गायक सिडी विजय अधिकारी र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘दुरी मजबुरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्वारा सिर्जित विश्वभरी नै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो । ‘दुरी मजबुरी’ गीत इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भिडियोमा सुधिर श्रेष्ठ, नवमोडल अशु न्यौपाने, सरोज खनाल, रश्मी भट्टसँगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को अभिनय छ ।

निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले निकै समय र मेहनत लगाएर बनाएको यस म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन छ । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, अमृत चापागाईको सम्पादन र जनता डिजिटल फिल्मस्को पोस्ट प्रोडक्सन छ ।