मेलिना र विनोदको कसम तिमी बाहेक

काठमाडौं । गायिका मेलिना राई र गायक विनोद तामाङको स्वरमा ‘कसम तिमी बाहेक’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तामाङकै शब्द र संगीत तथा तेजेन्द्र गुरुङको संगीत संयोजन छ ।

रोमान्टिक फ्लेभरको गीतको भिडियोमा देव आर एन र जुना सुन्दास फिचर्ड छन् । देव र जुनाबीचको प्रेम सम्बन्ध र एक अर्काप्रतिको चाहलाई कथामा प्रस्तुत गरिएको छ ।

राजेशराज गिरी निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विवेक सुनारको सम्पादन छ । भिडियोको निर्माता सारीन पोखरेल हुन् ।