अक्षय कुमारसहित ६ विरुद्ध मुद्दा

मुम्बई(एजेन्सी) । फिल्म ‘रुस्तम’ रिलिजको पाँच वर्ष पछि फिल्मका प्रमुख अभिनेता अक्षयकुमार सहित ६ सदस्य र एक थिएटरका सञ्चालक कानूनी झमेलामा परेका छन् । फिल्ममा प्रयोग भएको एक संवादले उनीहरुलाई कानूनी झमेलामा पु¥याएको हो ।

समाचारअनुसार फिल्ममा सेशन जजको भूमिका निभाएका अनंग देसाईले अदालती दृश्यका समयमा वकिलहरुलाई ‘लाज नभएको’ भनेका थिए । यो शब्दलाई अधिवक्ता मनोज गुप्ताले वकिलको मान हानी गरेको भन्दै उनीहरुविरुद्ध भारतीय दण्ड विधानको धारा ५००, ५०१, ५०२ अनुसार कठोर काराबास र जरिवानाको माग गरेका छन् ।

मनोजका अनुसार यो मुद्दा उनले सन् २०१६ मा फिल्म रिलिजपछि तुरुन्तै दर्ता गराएका थिए । तर केही कारणले यसको सुनुवाई सरेको थियो । सन् २०२० मा यसको सुनुवाई हुने भनिए पनि लकडाउनका कारण त्यो हुन सकेन । अहिले भने अदालतले फिल्मका सदस्यविरुद्ध पहिलो सूचना जारी गरेको छ । जस अनुसार उनीहरुले मार्च १० मा अदालतमा उपस्थित हुनुपर्नेछ ।

गुप्ताले फिल्मको प्रोडक्सन कम्पनी जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजका अध्यक्ष सुभाष चन्द्रा, जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजका एमडी र सिइओ मरुदल केजार, फिल्मका निर्देशक टीनू सुरेश देसाई, लेखक विपुल के रावल, अभिनेता अक्षय कुमार, सह–अभिनेता अनंग देसाई र कटनीको सिटी प्राइड सिनेमा हलका मालिक सुरेश गुप्ताविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

अक्षय र इलियाना डिक्रुज स्टारर फिल्म ‘रुस्तम’ सन् २०१६ मा सर्वाधिक कलेक्सन गर्ने छैटौं फिल्म थियो । यो फिल्मले १ सय २७ दशलमब ५० करोड रुपैंयाँको कलेक्सन गरेको थियो ।