शैलुङ्गे मेलामा रमाए राजु र एलिशा

काठमाडौ । तामाङ सेलोमा पहिचान बनाएका गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’बोलको गीत सार्वजनिक भएको छ ।

मंगोलियन हर्टका गायक राजु लामाको स्वर रहेको गीतमा अनिल लामाको शब्द र संगीत तथा फणीन्द्र राईको संगीत संयोजन छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।

सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा गायक राजु लामा र एलिशा राई फिचर्ड छन् । शैलुङलगायतका आसपासमा छायांकन गरिएको भिडियोमा एक जोडीको विछोडलाई देखाइएको छ ।

भिडियोमा राजु र एलिशाको साथमा साजन मोक्तानको पनि अभिनय रहेको छ । भिडियोमा पवन सुस्लिङको सम्पादन रहेको छ ।