झ–झल्को त्यो गाउँकोमा विकास र श्रेया

काठमाडौं । म्युजिक भिडियो ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमृत क्षेत्री र ममता गुरुङको स्वर तथा वीरभद्र आचार्यको शब्द र संगीत छ ।

गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ । गीत चितवन र काठमाडौंमा छायांकन गरिएको हो ।

भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड छन् । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप, आर्यन विमलीको फोटोग्राफी तथा जया शर्माको क्रिएटिभ निर्देशन छ ।