अमिताभको मोतिविन्दुको शल्यक्रिया

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले मोतिविन्दुको शल्यक्रिया गरेका छन् । शल्यक्रिया गरेको २४ घण्टामा मात्र उनी घर फर्किनेछन् । यद्यपि अन्य विषयमा नयाँ केही जानकारी आएको छैन ।

अभिनेताले शनिबार राती आफ्नो ब्लगमा सर्जरीका विषयमा लेखेका थिए । ‘मेडिकल कन्डिसन…सर्जरी…लेख्न असमर्थ’, उनले ब्लगमा लेखेका थिए ।

उनको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालले अन्य केही जानकारी दिएको छैन । उनका फ्यानहरुले सामाजिक सञ्जालमार्फत उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत वर्ष अमिताभ कोरोना भाइरसको चपेटामा परेका थिए । उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या अस्पताल भर्ना भएका थिए ।