प्रविण र एलिनाको फूल राम्रो

काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ ।

गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र सम्झना खत्री फिचर्ड छन् ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल के सीको प्रस्तुती रहेको गीतको भिडियो आफ्नो मन च्यानलले निर्माण गरेको हो ।