ओर आउन मायामा मलिका र सोनाल

काठमाडौं । गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘ओर आउन माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा किरण माइकल र सुदीप आत्रेयको शब्द तथा किरणकै संगीत छ । गीतमा शैलेन्द्र डी प्रधानको एरेन्ज छ ।

अभिनेत्री तथा मोडल मलिका महत र सोनाल तामाङ फिचर्ड भिडियोमा रिसाएकी प्रेमिका फकाउन लागि पर्ने प्रेमीको कथा प्रस्तुत गरिएको छ ।

गोदावरी आसपास छायांकन गरिएको भिडियोमा लक्ष्मण सुनारको निर्देशन, तुलसा पहाडीको कोरियोग्राफी छ ।

अरोन अशोककुमार सिकाको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, निशुम सुब्बा र उनको टिमको श्रृंगार छ । भिडियोका निर्माता रिता लामा हुन् ।