चैत ६ बाट द भ्वाइस अफ नेपाल

काठमाडौं । नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।
हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

भ्वाइस सीजन ३ को टाइटल स्पोन्सरमा ओप्पो मोबाइल रहेको छ भने पावर्ड बाईमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर रहेको छ । यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर रहेका छन् ।

कार्यक्रमको भोटिङ पार्टनरमा प्रभु पे आबद्ध भएको छ भने एसोसिएट स्पोन्सरमा सिभिल बैंक, डावर रियल जुस र हिमालय हर्वल, जोय पपाया, रोतो क्रिम रहेका छन् । कार्यक्रमको एक्सक्लुसिभ ओटीटी पार्टनर नेट टीभी रहेको छ जहाँ हरेक हप्ता कार्यक्रमका पर्दा पछाडीका दृष्यहरु हेर्न सकिने छ ।

हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार नेपालको हालै सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।