फिक्का चियामा पल र रियासा

काठमाडौं । गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको स्वरमा रहेको ‘फिक्का चिया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजवान क्षेत्रीको शब्द, खेम पुनको संगीत र कृष्ण विकको एरेन्ज छ ।

भिडियोमा अभिनेता पल शाह र मोडल रियासा दाहाल फिचर्ड छिन् । भुमिका गिरी युट्युब च्यानलमार्फत सार्वजनिक लोक जनराको गीतमा अर्जुन तिवारीको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।

काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा तिलकबहादुर श्रेष्ठको निर्माण छ ।