घरी घरीमा रमाए कृष्ण र समीक्षा

काठमाडौं । गायक कृष्ण काफ्ले र गायिका रचना रिमालको स्वरमा रहेको ‘घरी घरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेलको संगीत छ । जीवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा समीक्षा पोखरेल र कृष्ण काफलेको अभिनय रहेको छ ।