लालुमैमा विदेश पीडा

काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको स्वर, शब्द रचना र संगीत रहेको गीतको भिडियोमा प्रवीण खतिवडाको निर्देशन छ ।

गीतमा स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूला सपनाहरू बोकेर विदेशीने युवाहरूको घर परिवार र देश प्रतिको प्रेमको कथा दर्शाइएको छ । गीतको संगीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तम राज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमुलगायतको अभिनय रहेको छ ।

नवीनबाबु गुरुङ र सुशील तामाङको छायांकन रहेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका छन् ।