नेपाली अर्जुन रेड्डीमा आठ सयको अडिसन

काठमाडौं । दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रीमेक बन्ने भन्ने कुराले नेपाली फिल्म बजार राम्रै तातेको थियो । निकै चर्चामा रहेको यो फिल्मको अडिसन सम्पन्न भएको छ । अडिसनका लागी करिब दुई हजार जनाले इमेल पठाएको निर्माण पक्षले जनाएको छ त्यस मध्य ८०० जनालाई अडिसनको लागी बोलाइएको थियो ।

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक बिशाल सापकोटाले बताए । अब चाडै नै फिल्मका लागी मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मलाई युवा फिल्म्सले निर्माण गर्दैछ ।

ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको फिल्मको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने नेपाली फिल्मलाई विश्व माझ पु¥याउने एक अवसर पनि हो ।

युवा फिल्म्सले यस अघि नेपाली फिल्म कबड्डी , पुरानो डुङ्गा लगायतका फिल्म यु.एस.एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा फिल्म ’सफर’ निर्माण भएको छ ।