मैथिली गीतमा अनु शाह

काठमाडौं । गायक रूद्रसेन विश्वकर्माको मैथिली युगल गीत ‘कत्त सऽ एल्ही गोरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका सोनी कुमारीको पनि स्वर रहेको छ ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा नीरकुमारी विश्वकर्मा (सबिना) को निर्माण रहेको मैथिली भिडियोमा अभिनेत्री अनु शाह र मोडल दीपक झा फिचर्ड छन् ।

प्रदीपकुमार रसाइलीको निर्देशन रहेको भिडियोको गीतमा कुन्दन गुप्ताको शब्द र पारसमणिको संगीत तथा एरेज छ ।

भिडियोमा दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन छ । जनकपुरधाममा छायांकन गरिएको गीतको भिडियो रुद्रसेनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।