अस्ट्रेलियाबाट कपिलको सांगीतिक सोच

काठमाडौं । गायक कपिल सापकोटाको एलबम ‘म’ भित्र रहेको गीत ‘सोच’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर ¥याप गायनमा सक्रिय तीनजना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको ¥याप ‘सोच’मा सुन्न सकिन्छ ।

गीतमा जीवन भोगाई र समाजको यथार्थ प्रस्तुत गरिएको छ । मिस्ट चाम्लिङले यस ¥याप गीतलाई मिक्सिङ मास्टरिङ गरेका हुन् ।

अस्ट्रेलियामा नै छायांकन गरिएको यस भिडियोमा स्वयम् तिन जना गायक फिचर्ड छन् । अनिश गौतमले यस भिडियोको सम्पादन र निर्माण गरेका हुन् । मेक मनि रेकर्डको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।