पत्नी वियोगको पीडामा सुधीर श्रेष्ठ !

काठमाडौं । नेपाली संगीत क्षेत्रमा एकदशक भन्दा बढी समयदेखि क्रियाशिल गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को स्वरमा समावेश ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिकामा बस्दै आएकी राखी गौचनको शब्द, थापाकै संगीत तथा विश्व अधिकारीको संगीत संयोजन छ ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढंगमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन र मुनाल शिशिर कोइरालाको निर्देशन छ ।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको हो ।