सम्राट र समीक्षाको तामा पित्तल

काठमाडौं । गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफलतापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो ।

सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ । गीतमा जगत तिवारीको ¥यापपनि समावेश गरिएको छ । यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘तामा पित्तल’ गीतमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरास ढकाल फिचर्ड छन् । भिडियोमा निर्देशक शिव विकको निर्देशन छ ।

डान्सिङ नम्बरमा यो म्युजिक भिडियो दमदार बनेको छ । भिडियोमा बाल कलाकार आयुशी ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।