आज्ञाका लागि शब्द लेख्दै निराजन

काठमाडौं । सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक भएको छ । गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ । आफ्नो प्रेमिकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतलाई एजिएल इन्टरटेनमेन्टले तयार पारेको छ ।

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । ’गीतको शब्दलाई दृश्यमार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौं’ उनले भने । गीतमा मोडल निराजन प्रधानसँग आज्ञा करन्जीत फिचर्ड छिन् ।

सार्वजनिक भिडियोमा आज्ञासँग निराजनको प्रेमभावलाई दर्शाइएको छ । सान थापा निर्देशित भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुत तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

एजिएल इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन् ।