मोटर सररमा दुर्गेश, विजय, गीता र सजिना

काठमाडौ । गायिका सहिमा श्रेष्ठ र गायक विक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेको गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजिनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

गायक दुर्गेश थापाले यस गीतमा आकर्षक नृत्य गरेका छन् । दुर्गेशको साथमा विजय, गीता र सजीनाको नृत्य पनि उत्तिकै आकर्षक रहेको छ । यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ ।

यो गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दिपेन गौतम ‘माईकल’ हुन् ।