रुपा र रजनी मिस एण्ड मिसेज डिसाबिलिटी क्वीन

काठमाडौंं । रुपा पहाडी र रजनी राईले यस वर्षको ‘मिस एण्ड मिसेज डिसाबिलिटी क्वीन २०२१’को उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिसतर्फको शिर्ष उपाधि हात पारेका हुन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा डीना खत्री फष्ट रनरअप र सरीता कोइराला सेकेन्ड रनरअप चुनिए । विजेता ४ जनाले क्रमस १५, १५, १० र ५ हजार नगदसहित विभिन्न उपहारसमेत हात पारे ।

अपांगता भएको व्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।

ग्रीन आर्ट मिडियाले सांस्कृतिक समाज नेपालसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा बेष्ट स्माइल रुपा पहाडी, बेष्ट डिसिप्लेन मीरा तामाङ, मष्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेष्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मष्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मष्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेष्ट स्क्रिन रजनी राई र मष्ट ब्युटिफुल अस्मी दुलालले हात पारे ।

पुर्व मिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रविन्द्र प्रताप शाह मुख्य अतिथिका रुपमा रहेका थिए ।

एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो ।

ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगीता आयोजना गरिएको बताए ।प्रतियोगिता नेपालकै लागि ऐतिहासिक भएको दाबी उनको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।