असार अन्तिममा दिनेशको दुष्प्रयास

काठमाडौं । रिता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्म ‘दुष्प्रयास’ को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच नेकपा माओवादीका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री देव गुरुङले पोस्टर सार्वजनिक गरे ।

महिला हिंसा, हत्या, अपहरणलगायत समाजमा घटिरहेका आपराधिक गतिविधिलाई प्रस्तुत गरिएको फिल्म २०७८ असार २५ गते प्रदर्शन हुँदैछ ।

फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ ।

सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा साप्कोटा, भीम थेबे लिम्बुलगायतलाई सम्मान गरिएको थियो ।