के साह्रो राम्री चोलीमा केकी र उमेश

काठमाडौ । नयाँवर्षको कोसेली स्वरुप आफ्ना दर्शक, श्रोताका लागि गायिका मिना राई र गायक आङगेलु शेर्पाको स्वर समेटिएको ‘के साह्रो राम्री चोलीमा’ बोलको भिडियोे गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

मिना राईको शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ ।

अनिल कोय राईको निर्देशन रहेको यसमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेनजर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ । गीत पुर्वेली मारुनी सेलो भाकामा आधारित छ ।