ब्रेन स्ट्रोकपछि राहुललाई कोरोना संक्रमण

मुम्बई । फिल्म ‘आशिकी’ फेम अभिनेता राहुल रोयलाई कोरोना संक्रमण भएको छ । राहुलको केही महिना अघि मात्र ब्रेन सर्जरी भएको थियो ।

राहुलले आफ्नो कोभिड १९ कथा इन्स्टाग्राममा शेयर गर्दै आफू, बहिनी र भाईलाई कोभिड पोजेटिभ देखिएको उल्लेख गरेका छन् । उनले आफ्नो परिवारको कोही पनि सदस्य घर बाहिर ननिस्कँदा पनि कसरी संक्रमण भयो भन्ने आफैंमा अनौठो रहेको बताएका छन् ।

‘मेरो घर जुन स्थानमा छ, त्यसलाई २७ मार्चमै शिल गरिएको छ । किनकी मेरो छिमेकीलाई कोभिड १९ पोजेटिभ देखिएको थियो । त्यहीकारण हामीलाई १४ दिनसम्म घरमै बन्द गरेर राखियो । मेरो परिवार र म अप्रिल ११ मा नयाँदिल्ली जाने तयारीमा थियौं । त्यहीकारण हामीले अप्रिल ७ मा कोभिड टेस्ट गरायौं । अप्रिल १० मा हाम्रो रिपोर्ट आयो, जसअनुसार हामी तीन पोजेटिभ देखियौं’, उनले लेखेका छन् ।

उनले आफूहरुलाई कुनै लक्षण नदेखिएको बताएका छन् । राहुललाई केही महिना अघि फिल्मको सुटिङमा ब्रेन स्ट्रक भएको थियो । जसकारण उनी कैयौं दिनसम्म अस्पतालमै भर्ना भए ।