फ्यानले चुम्बन गर्दा अर्शीलाई कोरोना संक्रमण

मुम्बई । बिग बोस फेम अर्शी खान प्राय चर्चामै आइरहन्छिन् । हालैमात्र उनले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । उनले घरमै आफूलाई आइसोलेट गरेकी छन् ।

उनले आफूलाई हल्का लक्षण देखिएकोले कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताइन् । उनले आफूलाई विमानस्थलका अधिकारीबाट कोभिड रिपोर्ट प्राप्त भएको बताएकी छन् ।

केही दिन अघि अर्शीको एक भिडियो भाइरल भएको थियो । भिडियोमा एयरपोर्टमा एक फ्यानले उनलाई चुम्बन गरेका थिए । उनी कालो सुटमा थिइन् र ती फ्यानले सेल्फीको माग गरेका थिए ।

फ्यानको आग्रह बमोजिम उनले सेल्फी त खिचिन, तर ती फ्यानले उनको हात मागेर चुम्बन गरे ।