तिमी बिनामा विश्वजित र अष्मिता

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोबिन टोटोको शब्द, तारालक्सम लिम्बुको संगीत र टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन छ ।

जीवन स्वारले निर्देशन गरेको भिडियोमा विश्वजित रिमाल र अष्मिता ढकाल फिचर्ड छन् । आधुनिक मेलोडियस गीतको भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीको पनि अभिनय छ ।

आन्ग्छेंन लामाको डिओपी रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर, आकाश रावल र समिप सापकोटाको प्रोडक्सन छ ।

भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।