सपनामा उषासँग रोमान्टिक किरण

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर्ड भएका छन् । भिडियोमा उनीहरु प्रेमिल देखिएका छन् ।

सान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्यहरु सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् ।

गीतको अडियो तथा भिडियो ’भावसागर इन्टरटेन्टमेन्ट’ले तयार गरेको हो ।