दर्शक हसाउन डन्ट माइन्ड

काठमाडौं । कमेडी टेलिफिल्म ‘डन्ट माइन्ड’ को प्रसारण सुरु भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिफिल्म बुधबारबाट प्रसारण भएको हो ।

निर्मल शर्मा र कमल मैनालीको संयुक्त निर्देशन रहेको टेलिफिल्ममा रवी शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, रामेश्वर केसी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतको अभिनय छ ।

टेलिफिल्मको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ हुन् । टेलिफिल्ममा कमल मैनालीको पटकथा, गौतमराज खड्काको सम्पादन, राजु केसीको छायांकन छ ।

यो समूहले यसअघि कमेडी फ्लेभरकै ‘टेन टु फाइभ’ टेलिफिल्म निर्माण गरेको थियो ।